गोर्खे चाड़ दशैँ अघि आउने फूलपातीलाई सरकारी मान्यतासहित आर्थिक अनुदानको माग गर्दै मंगलाबार डुवर्सको मालबजार, मटेली, नगरकट्टा, मदारीहाट र कालचिनी बीडीओ कार्यालयमा डुवर्सका सम्बन्धित संघ संस्थाहरूले ज्ञापन बुझाए।
यस क्रममा कालचिनी बीडीओ कार्यालय पुगेर कालचिनी ज्वाइन्ट बीडीओसमक्ष सृजनशील समूह कालचिनी, जयगाउँ समाज कल्याण संघ, जयगाउँ एक र दुई फूलपाती आयोजक कमिटी, खस संरक्षण समिति, अलिपुरद्वार, दलसिंहपाडा फूलपाती आयोजक कमिटीले आ-आफ्नो लेटर प्याडमा फूलपाती शोभायात्रालाई सरकारी मान्यतासितै आर्थिक अनुदानको माग मुख्यमन्त्रीको नाममा जमा गरेको थियो।
Leave a Comment